काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले चोरी तथा हराएका २० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीहरुलाई बुझाएको छ ।
विभिन्न मितिमा फेला परेका उक्त मोटरसाइकलहरु यातायात व्यवस्था कार्यालयमार्फत धनीहरु पहिचान गरी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले सम्बन्धित मोटरसाइकल धनीहरुलाई हस्तान्तरण गरेका हुन ।
उक्त मोटरसाइकलहरु हराएको भन्ने निवेदनको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा गस्तीको क्रममा फेला पारेको हो ।
मोटरसाइकल चोरी कार्यमा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजी कार्य भइरहेको एसएसपी ज्ञवालीले हस्तान्तरण कार्यक्रममा वताए ।
Leave a Reply