काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालहरूले सस्तो मूल्यमा विकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।
पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले कम्युनिस्ट पार्टी एकता र एकीकरणको माध्यमबाट दुईतिहाइको अवस्थामा पुर्याइएको तर प्रचण्ड–माधव नेपालहरूले सस्तोमा विकेर त्यसलाई ध्वस्त बनाएको बताए ।
कम्युनिस्ट पार्टीमाथि वि.सं. २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको जिकिर उनले गरे ।
ओलीले प्रचण्ड र माधव नेपालहरूले कम्युनिस्ट पार्टीको झन्डा बोकेर हिँडनु बेकार रहेको टिप्पणी समेत गरे । उनले आउँदा निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्षभित्र मुलुकबाट गरिबी समाप्त पार्ने बताए ।
Leave a Reply