Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • अझै पनि कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

    अझै पनि कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 957
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई सही विचारका आधारमा डोर्याउने प्रयास गरेको बताएका छन् ।

    कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नरबहादुर स्मृति प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    कम्युनिष्टहरुले ल्याएको दुई तिहाई बहुमत बचाउन नसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यसलाई किन बचाउन सकिएन भन्ने सवालमा त्यसको जिम्मेवारी सबैले लिनुपर्ने बताए ।



    अहिले कम्युनिष्टहरुको समूह धेरै भएपनि जनतामा लोकप्रिय कम्युनिष्ट पार्टी नै रहेको उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अझै पनि कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना रहेको बताए ।

    उनले कम्युनिष्ट पार्टीलाई एउटा मुख्य शक्ति बनाउने प्रयासमा आफूहरु लागि परेको र त्यसमा सकारात्मक प्रगति भइरहेको बताए ।

    यो अवसरमा सबैले एकता र सहकार्यका लागि नयाँ संकल्प लिनुपर्ने बताउँदै उनले सिद्धान्त र विचारमा प्रतिवद्ध रहेर कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्ने आवश्यकता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार