Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • ईदमा प्रधानमन्त्रीको शुभकामना – राष्ट्रिय एकता, समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गरोस्

    ईदमा प्रधानमन्त्रीको शुभकामना – राष्ट्रिय एकता, समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गरोस्

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 582
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ईदले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्ने बताएका छन् ।

    इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को उपलक्ष्यमा इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य, दीघार्यु, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना शुभकामना सन्देशमार्फत प्रचण्डले यस्तो बताएका हुन्।



    ‘ईद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व हो । मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएका छन्। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन्,’ शुभकामना सन्देशमा भनिएको छ ।



    नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको सन्देशमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार