काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उक्त अवधिमा १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा उक्त सख्यामा संक्रमण देखिएको हो ।
यस्तै, कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।
जसमध्ये संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply