सिरहा । स्थानीयवासी र व्यापारीको प्रदर्शनमा प्रहरीको दमन भएको भन्दै सिरहाको मिर्चैया बजारमा स्थानीयले प्रदर्शन गरेका छन् ।
मिर्चैयाका नगर प्रमुख श्रवणकुमार यादवले आफूहरूमाथि ज्यादती गरेको भन्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
प्रदर्शनकारीले मेयर यादवको ज्यादती र शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कुटपिट गरेको भन्दै उनीहरूले पूर्वपश्चिम राजमार्ग अन्तर्गगत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरे ।
दिउँसो साढे १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन चोहर्वामा रोकिएका छन् । बिहान ११ बजे हनुमान चोकबाट निस्किएको विरोध र्यालीले राजमार्ग अवरुद्ध पारेको हो ।
बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिनुपर्ने लगायत माग गर्दै गत चैत २७ गतेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु र प्रहरीबीच बिहीबार नगरपालिका घेराउका क्रममा झडप भएको थियो ।
Leave a Reply