Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • एसीसी प्रिमियर कप

    ओमानविरूद्ध कुशल मल्लको अर्धशतक

    ओमानविरूद्ध कुशल मल्लको अर्धशतक

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 711
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरूद्ध नेपालका लागि कुशल मल्लले अर्धसतक बनाएका छन्।

    नेपाली ब्याट्सम्यानमाथि ओमानका बलरहरु हावी भइरहँदा क्रिजमा आएका कुशलले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएका हुन् ।



    कुशल क्रिजमा आउनुअघि नेपालले २०.३ ओभरमा ७२ रन मात्र जोड्दा अग्रपंतिका चार विकेट गुमाएको थियो ।



    दबाबको अवस्थामा पनि उनले खुलेर ब्याटिङ गरेका उनले चौका र छक्काको वर्षा गर्दै ३० बलमै अर्धशतक पूरा गरेका हुन् । कुशलको ब्याटिङले ओमानका बलरहरु ब्याकफुटमा आएका छन् ।

    नेपालले आजको म्याचमा निकै खराब सुरूवात गर्दै दुवै ओपनरलाई शून्यमा गुमाएको थियो । कुशल भुर्तेलले ८ बल र आसिफ शेखले १० बल खेल्दा कुनै रन बनाउन सकेनन् ।

    ३.४ ओभरमा नेपालले दुई रन मात्र जोड्दा दुवै ओपनर पेभिलियन फर्किएपछि भीम सार्की र कप्तान रोहित पौडेलले नेपालको ब्याटिङ सम्हाल्ने प्रयास गरेका थिए । उनीहरूबीच ५२ रनको साझेदारी भयो ।

    तर, २३ रनको निजी स्कोमार रोहित र ३३ रनमा भीम आउट भएपछि नेपाल फेरि दबाबमा परेको थियो । छैटौं नम्बरमा कुशल ब्याटिङमा आएपछि म्याच सिनारियो फेरिएको हो । भरपर्दा ब्याट्सम्यान आरिफ शेख र कुशलले महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई अघि बढाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार