Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • एसीसी प्रिमियर कप

    ओमानविरूद्ध नेपालको खराब सुरूवात, गुमायो चौथो विकेट

    ओमानविरूद्ध नेपालको खराब सुरूवात, गुमायो चौथो विकेट

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 699
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तगर्त ओमानविरूद्ध नेपालले खराब सुरूवात गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले चौथो विकेट गुमाएको हो ।



    ओमानविरूद्धको खेलमा भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्। ५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाएका हुन्।



    यसअघि पनि नेपालले कप्तान रोहित कुमार पौडेललाई २३ रनमा गुमाएको थियो। खराब सुरूवातले यी दुबै ब्याट्समेनले सम्हालिरहेको अवस्थामा यी दुबै आउट भएपछि नेपाललाई थप दबाब बढेको छ।

    नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो। भूर्तेलले ८ बल र शेखले १० बल खेलेपनि दुबैले कुनै रन जोड्न सकेनन्। अहिले क्रिजमा आरिफ शेख र कुशल मल्ल छन्। शेख १७ रन र मल्ल १० रन बनाएर खेलिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार