Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • जम्मू–कश्मीरमा भारतीय सेनाका पाँच जवानको मृत्यु

    जम्मू–कश्मीरमा भारतीय सेनाका पाँच जवानको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । जम्मू–कश्मीरको पुन्छ जिल्लामा भारतीय सेनाको सवारी साधनमा आगो लगाइँदा पाँच जना सैनिकको मृत्यु भएको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा चरमपन्तीको हात रहेको दाबी गरेको छ ।

    सेनाका नर्दन कमान्ड हेडक्वार्टरको तर्फबाट जारी गरिएको बयान अनुसार दिउँसो करिब तीन बजे सेनाको सवारीमा चरम्पन्थीले बम फ्याँकेका थिए।



    त्यसका कारण आगलागी भएको सेनाले बताएको छ । उक्त घटनामा राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु पुष्टि भएको छ ।



    यी जवानहरु उक्त क्षेत्रमा जारी चरम्पन्थीको विरुद्धको एक अभियानका लागि तैनाथ थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार