Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आईपीएल : पन्जाबलाई हराउँदै बेङ्गलोर २४ रनले विजयी

    आईपीएल : पन्जाबलाई हराउँदै बेङ्गलोर २४ रनले विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 702
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पन्जाब किङ्ग्सलाई पराजित गरेको छ ।

    मोहालीमा बुधबार भएको पहिलो खेलमा बेङ्गलोरले घरेलु टोलीलाई २४ रनले पराजित गरेको हो । बेङ्गलोरले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको पन्जाब १८ ओभर २ बलमा अलआउट भयो ।



    यसअघि टस हारेर ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७४ रन बनायो ।



    यो जितसँगै बेङ्गलोर छ खेलमा छ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पन्जाब उति नै अङ्कसहित सातौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार