Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • रवि लामिछाने भन्छन् – म चितवनले रोपेको बिरुवा हुँ, अब जल चाहियो

    रवि लामिछाने भन्छन् – म चितवनले रोपेको बिरुवा हुँ, अब जल चाहियो

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 579
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं चितवन-२ का उम्मेदवार रवि लामिछानेले आफू चितवनले नै रोपेको बिरुवा भएको टिप्पणी गरेका छन् ।

    चितवनमा भएको चुनावी सभालाई बिहीबार सम्बाधोन गर्दै सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । आफू चितवनले नै रोपेको बिरुवा रहेको बताउँदै उनले यसपल्ट आफूलाई जल चाहिएको बताए ।



    उनले भने, ‘तपाईं आफैंले गत निर्वाचनमा रोपेको बिरुवा हुँ म। तपाईंले मल पनि हालिसक्नुभयो। यसपल्ट तपाईंहरुले जल हाल्नुपर्नेछ।’



    उनले आफू यहीँ थुनिएको र यहीँबाट संसद्‌मा पुगेको बताउँदै ‘न्याय चाहिएको भए चितवन जानू’ भन्ने अवस्था आएको बताए । यस्तै गृहमन्त्रीको रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि आफूमाथि षड्यन्त्र गरेर पदबाट हटाएको उनले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार