Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सेवाग्राहीसँग ९ हजार घुस लिने सुब्बाविरुद्ध मुद्दा दायर

    सेवाग्राहीसँग ९ हजार घुस लिने सुब्बाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 666
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिने एक जनाविरूद्ध बिगो माग्दै विशेष अदालतमा मुद्दा हालेको छ।

    अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पण्डितविरूद्ध ९ हजार रुपैयाँ बिगो माग्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    पण्डितले र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाषचन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिएका थिए।



    गत फागुन १८ गते आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले कर्णलाई ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

    अनुसन्धानको सिलसिलामा नायब सुब्बा पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस मागी लेखापढी व्यवसायी कर्णलाई राख्न दिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

    उनीहरू दुबै जनालाई ९र९ हजार बिगो कायम गरी अख्तियारले मुद्दा हालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार