Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • एसीसी प्रिमियर कपमा साउदी अरबविरुद्ध मलेसियाको सानदार जित

    एसीसी प्रिमियर कपमा साउदी अरबविरुद्ध मलेसियाको सानदार जित

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित निकालेको छ ।

    साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलो जित दर्ता गरेको हो ।



    मुलपानी क्रिकेट मैदानमा १५४ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले २१.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।



    मलेसियाका लागि मोहम्मद अमिरले ५६, भिरन्दिप सिंहले ५१ र सिएद अजिजले अविजित ३४ रन बनाए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरबले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन बनाएको थियो ।

    मलेसियाका बलरसामु साउदीका ब्याटरले उच्च रन बनाउन सकेनन् । हसिब घाफोरले ४०, अब्दुल वाहिदले ३६ र कप्तान हिशाम शेखले २१ रन बनाए ।

    यो जितसँगै समूह ‘ए’ मा रहेको मलेसियाले दुई अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार