Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • भेरी नदीको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु, ८ घाइते

    भेरी नदीको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु, ८ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 846
    SHARES

    काठमाडौं । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

    मान्छेहरु हिँडिरहेकै अवस्थामा जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको हो ।



    उक्त समयमा पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।



    उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

    घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार