काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५ सय रूपैयाँले घटेर एक लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार ४४५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
Leave a Reply