एजेन्सी । जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा गर्ने पहिलो मुलुक बनेको छ ।
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच भड्किएको द्वन्द्वमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने झण्डै दुई हजार सय जना घाइते भएका छन् ।
जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले दूतावासका कर्मचारीसहित करिब ६० जना जापानी नागरिक सुडानमा रहेका बताउँदै उनीहरूलाई त्यहाँबाट उद्धार गर्न रक्षा मन्त्रालयले आवश्यक तयारी गरेको बताए ।
सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जारी द्वन्द्वका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
Leave a Reply