Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विप्लवको चेतावनी – परिवर्तनमा योगदान अपराधी घोषित गर्न खोजिए कांग्रेस, एमाले बच्दैनन्

    विप्लवको चेतावनी – परिवर्तनमा योगदान अपराधी घोषित गर्न खोजिए कांग्रेस, एमाले बच्दैनन्

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 861
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरुलाई अपराधीकरण गर्न खोजिए दूर्दशा निम्तने चेतावनी दिएका छन् ।

    जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।



    परिवर्तनका अगुवालाई अपराधी घोषित गर्न खोजिए नेपाली कांग्रेस, नेकपा एमाले लगायतका कोही नेता नबच्ने उनले बताए ।एकतावद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको उनको भनाई छ ।



    यस्तै उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु सरकार नहुनुसरह रहेको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार