Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • महोत्तरीमा बससँग मोटरसाइकल ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु

    महोत्तरीमा बससँग मोटरसाइकल ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 678
    SHARES

    फाइल तस्विर

    महोत्तरी । बीपी राजमार्गअन्तर्गत महोत्तरीको गौशाला नगरपालिकास्थित सम्सी सडकखण्डमा बस र मोटरसाइकल ठोक्किँदा ३ जनाको ज्यान गएको छ।

    ज्यान गुमाउने तीनै जना मोटरसाइकलमा सवार व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले  जनाएको छ ।



    बुधबार दिउँसो गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।



    प्रहरीका अनुसार मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन।

    ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार