Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • मसालका महामन्त्री सिंहले भने – अमेरिकी दबावमा रविविरुद्ध सरकारले केही गर्न सकेन

    मसालका महामन्त्री सिंहले भने – अमेरिकी दबावमा रविविरुद्ध सरकारले केही गर्न सकेन

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 675
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी दबावकै कारण सरकारले रवि लामिछानेलाई सफाई दिएको दाबी गरेका छन् ।

    महामन्त्री सिंहले अमेरिकाको दबावका कारण सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सफाई दिएको बताएका हुन् ।



    दोहोरो राहदानीको कारण रविले चुनाव लड्न नपाउने भन्दै सिंहले भने अमेरिकी दबावमा रविविरुद्ध सरकारले केही गर्न नसकेको बताए ।



    रवि अमेरिकी एजेन्ट भएको कारण अमेरिकाले रविविरुद्ध कुनै कदम नचाल्न सरकारमाथि दबाव दिइरहेको सिंहको भनाई छ ।

    महामन्त्री सिंहले अमेरिका नेपालमा कथित स्वतन्त्र पार्टीमार्फत् आफ्नो रणनीति परिचालन गर्न खोजिरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार