काठमाडौं। कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारबाट नेकपा एमाले बाहिरिएपछि मंगलबार सिफारिस भएका कांग्रेसका मन्त्रीहरुको शपथ हुन लागेको हो ।
कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्णकुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्गबहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसहित शपथ लिने भएका छन् ।
नयाँ जिम्मेवारीका लागि तीनै जना मन्त्रीलाई दिउँसो ३ बजे मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउनेछन् ।
Leave a Reply