काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन् ।
रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा तिमिल्सिना आज बिहान रुस प्रस्थान गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताए ।
अध्यक्ष तिमिल्सिनाले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबाट सिक्ने समेत बताए ।
Leave a Reply