Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानन्यायाधीश नियुक्तिको निर्णय गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    प्रधानन्यायाधीश नियुक्तिको निर्णय गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 789
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति गर्न बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

    बैठकमा सहभागी परिषद्का सदस्य राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाका अनुसार अब अर्को बैठकबाट प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय हुने छ ।



    उनले भने,’सिंहदरबारमा बसेको बैठकमा छलफल भयो तर कुनै निर्णय भएन, अर्को बैठकबाट निर्णय हुन्छ ।’ सर्वोच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन छ अर्थात् कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।



    महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वोच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन् ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर र उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार