काठमाडौं । साताको तेश्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३ अंकले ओरालो लागेको छ ।
मंगलबार नेप्से उक्त अंकले घटेर १९०४.९८ विन्दुमा आएर अडिएको हो।
आज होटल तथा पर्यटन, म्युचल फन्ड र निर्जीवन बीमाबाहेक अरू समूहको शेयर घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ करोड २६ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ ।
Leave a Reply