काठमाडौं । बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई नसघाउने भएको छ।
मंगलबार बसेको केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई नसघाउने निर्णय गरेको हो ।
भट्टराईले चितवन २ र तनहुँ १ मा भने कांग्रेसका उम्मेदवारहरु जीतनाराण श्रेष्ठ र गोविन्द भट्टराईलाई सघाउने निर्णय निर्णय लिएका छन् ।
पार्टीका एक नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले पठाएको पत्रमाथि गम्भीर छलफल गरी कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
Leave a Reply