Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • एसीसी प्रिमियर कप

    मलेसियाले नेपाललाई दियो २३६ रनको बलियो लक्ष्य

    मलेसियाले नेपाललाई दियो २३६ रनको बलियो लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 681
    SHARES

    काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३५ रनको योगफल तयार पारेको हो ।



    मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे । विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद आमिर १७ रनमा आउट भए ।



    दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे । ३३ दशमलब २ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए । अहमद फैजको विकेटसँगै उक्त साझेदारी तोडिएको थियो ।

    विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए । यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार