Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • एसीसी प्रिमियर कप : मलेसियाविरूद्ध बलिङ गर्दै नेपाल

    एसीसी प्रिमियर कप : मलेसियाविरूद्ध बलिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 711
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग टस हारेर बलिङ गर्दैछ ।

    त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्न लागेको हो ।



    नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेमा ऐतिहासिक रुपमा एसिया कपमा छनोट भएर भारत पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । आज हुने अर्को खेलमा हङकङ र सिङ्गापुर मूलपानी मैदानमा खेल्दैछन् ।



    प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ ।

    यस्तो छ नेपालको प्लेइङ ११ :

    कुशल भुर्तेल, आसिफ शेष, कुशल मल्ल, रोहित पौडेल, दिपेन्द्र ऐरी, सोमपाल कामी, आरिफ शेष, भिम सार्की, ललित राजवंशी, गुल्शन झा र सन्दीप लामिछाने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार