Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्को बैठक

    प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्को बैठक

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार ९ बजेका लागि बैठक बोलाइएको हो ।

    प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि परिषद्को बैठक बस्न लागेको हो । यो बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको बताइएको छ ।



    चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।



    प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार