Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अन्नपूर्ण हिमालमा भारतीय आरोही बेपत्ता

    अन्नपूर्ण हिमालमा भारतीय आरोही बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 846
    SHARES

    म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजना भारतीय आरोही बेपत्ता भएका छन् ।

    आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् ।



    भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका सेभेट समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए ।



    “आरोहण सफल नभएपछि आधार शिविरमा फर्कने क्रममा चिप्लिएर लडेर बेपत्ता भएको खबर आएको छ,” उनले भने, “खोजी जारी राखे पनि भेटिएका छैनन् ।” मालु सेभेन समिट ट्रेक्समार्फत अन्नपूर्ण आरोहणका लागि गएका थिए ।

    उनी आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आएका थिए । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वसन्त ऋतुको आरोहण सुरु भएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार