चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगतको कुरा बिर्सेर उपनिर्वाचनमा कांग्रेसलाई भोट दिन आग्रह गरेका छन् ।
सोमवार चितवनको कालिका नगरपालिकामा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठको चुनावी सभालाई संम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।
थापाले चितवन-२ वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा लोकरिझ्याइँको राजनीति गर्नेलाई नभई अहिलेको प्रणालीमार्फत् देशका समस्याको समाधान गर्ने व्यक्तिले जित्नुपर्ने बताए ।
महामन्त्री थापाले केन्द्र र प्रदेशमा कांग्रेस–माओवादीको सरकार रहेको र यही गठबन्धन पाँचवर्ष चल्ने भन्दै चितवनमा बजेटको कमी हुन नदिने बताए ।
महामन्त्री थापाले भने, ‘५ वर्ष यही सरकार रहन्छ । केन्द्र सरकार हाम्रै छ, बागमतीको सरकारमा कांग्रेस छ र चितवनकी मेयर हाम्रो हुनुहुन्छ । प्रधानमन्त्रीसँग टेबल ठोक्न सक्नेलाई तपाईंले संसदमा किन नपठाउने ?’
उनले लोकरिझ्याइको कुरा गर्नेबाट प्रभावित भएर चितवनलाई राजनीतिक परीक्षणको ठाउँ नबनाउन आग्रह गरे । गगनले बाहिर कांग्रेस हुँ भन्दै हिड्ने र भित्र दायाँबायाँ गर्ने छुट काग्रेस कार्यकर्तालाई नभएको बताए ।
Leave a Reply