काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् ।
साउद परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूत श्रीवास्तव उनलाई भेट्न आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका हुन् ।
भेटमा श्रीवास्तवले नवनियुक्त मन्त्री साउदलाई बधाई दिएका छन् ।
यस्तै भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा पनि छलफल भएको बताइएको छ ।
वैशाख तेस्रो साताका लागि प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी भइरहेको छ।
Leave a Reply