Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सांसद ढकालको माग- संसद् सकिएपछि पनि हाजिर गर्ने व्यवस्था गरियोस्

    सांसद ढकालको माग- संसद् सकिएपछि पनि हाजिर गर्ने व्यवस्था गरियोस्

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 672
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

    आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले गणपूरक संख्या नपुगेर संसद् बैठक रोकिएकोप्रति आपत्ति जनाए ।



    उनले संसद्‌मा हाजिर गरेर हिँड्ने प्रवृत्ति रहेको भन्दै सदन सुरु भएपछि मात्र नभई सदन सकिएपछि पनि हाजिरी गर्नुपर्ने बताए ।



    उनले भने, ‘म सदनलाई आग्रह गर्न चाहन्छु बेलुका बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था गरियोस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार