पाँचथर । भारतको सिक्किमबाट नेपाल घुम्न आएका ३४ वर्षीय केशव गुरुङको भीरबाट लडेर मृत्यु भएको छ ।
वैशाख १ गते पाँच जना साथीहरुसँग चिवाभञ्ज्याङ हुँदै पाँचथर घुम्न आएका गुरुङको लडेर मृत्यु भएको हो ।
पैदलमार्ग भएर च्याङथापु बजार आउने क्रममा वैशाख २ गते साँझ ८ बजे मेवाखोला नजिकै भीरबाट लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
गुरुङ भीरबाट लडेपछि उनका साथीहरु बाटोमै सुतेको र आइतबार बिहान स्थानीयले भेटेर सोध्दा साथी हराएको बताएपछि खोजतलास गर्ने क्रममा गुरुङलाई खोलाको दहमा डुबेर मृत अवस्थामा भेटिएका थिए ।
उनीहरु नयाँ वर्ष मनाउने क्रममा सिक्किमबाट सीमावर्ती चिवाभञ्ज्याङ आएको बताइएको छ ।
Leave a Reply