Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • आफैँले बोलाएको बैठकमा गएनन् प्रधानमन्त्री प्रचण्ड

    आफैँले बोलाएको बैठकमा गएनन् प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 837
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले बोलाएको बैठकमा अनुपस्थित भएका छन्।

    आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीनिवास बालकोटमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्ड स्वयं अनुपस्थित भएका हुन्।



    प्रचण्ड अनुपस्थित भएपछि सत्यनिरुपण तथा मेलमिलाप आयोगलगायत संसदमा विचाराधीन विधेयकबारे प्रमुख तीन दलबीच सहमति जुटाउन भनेर बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको हो ।



    आज बिहान ९ बजे प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो।

    तर, बैठकका लागि भनेर सभामुखसहित एमाले नेताहरू सबैजना समयमै बालकोट पुगिसकेका थिए। तर, प्रधानमन्त्री प्रचण्डले आज बैठक बस्न नसक्ने जानकारी गराएका थिए ।

    संसदमा विचाराधीन विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यक्रम थियो। यसअघि वैशाख १ गतेलाई बोलाएको बैठक पनि स्थगित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार