कैलाली । कैलालीमा कोराना संक्रमित महिलाको मृत्यु भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको आइतवार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना पुष्टि भएको बताइएको छ ।
Leave a Reply