एजेन्सी । सुडानमा सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको भिडन्तमा २५ जनाको मृत्यु भएको छ ।
घटनामा ४ सय भन्दा बढी घाइते भएका छन् । मारिनेमा संयुक्त राष्ट्रसंघका ३ जना कर्मचारी पनि रहेका छन् ।
राजधानी खार्तुम शहरको आकाश गोला बारुदको धुवाँले भरिएको छ ।
सुडानको अर्धसैनिक बल ‘र्यापीड सपोर्ट फोर्सेस’ (आर.एस.एफ) ले राजधानी खार्तुममा रहेको राष्ट्रपति भवन, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण गर्दा स्थिती हिंसात्मक बनेको हो ।
Leave a Reply