रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि प्रेसर कुकर बम फेला परेको छ ।
सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको हो ।
नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको घर पछाडि सिमेन्टको बोराभित्र राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
बम राखेको ठाउँमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply