Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रचण्ड पक्षलाई ‘भारतीय मतियार, जनता जाग्दैछन् होसियार’ भन्दै तराईमा पनि प्रदर्शन

    प्रचण्ड पक्षलाई ‘भारतीय मतियार, जनता जाग्दैछन् होसियार’ भन्दै तराईमा पनि प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 3.6K
    SHARES

    सिरहा ।  प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर प्रदर्शन शुरु भएको छ । नेकपाको स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजिनामा गर्न दवाब सिर्जना गरेसँगै भएसँगै ओलीको पक्षमा प्रदर्शन भइरहेको छ।

    स्वतन्त्र युवा तथा नागरिकको नामबाट तराईको सिराहा, विरगञ्जको विरगंज घण्टाघरलगायतका दर्जनौं ठाउँहरुमा प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस निकालिएको छ । तीन दिने अघि देखी प्रधानमन्त्री ओलीको समर्थनमा र्याली तथा जुलुस निस्किएको छ ।



    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतमसहितका नेताहरुले प्रधानमन्त्री ओलीको राजिनामा मागेपछि नेकपाभित्र रडाको मच्चिएको छ।



    तराईको प्रदर्शनमा ‘नेपालका भारतीय दलाल मुर्दावाद, सत्य मेव जायते की सिंह मेव जयते, प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर लगायतका नाराहरु लगाईएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार