Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक वृद्धाको मृत्यु, १८ जना घाइते

    मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक वृद्धाको मृत्यु, १८ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 627
    SHARES

    मोरङ । मोरङको रंगेली नगरपालिका-३ आमतोलामा ट्याक्टर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ।

    तेतरिया-आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १-०१-००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर बिहान दुर्घटनामा परेको हो ।



    ट्याक्टरमा सवार १८ जना घाइते भएका छन्। दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका-५ की ६० वर्षीया वैशाखी चौधरीको घटनास्थलमै मृत्यु भएको छ।



    दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका-३ की २० वर्षीया जानकीकुमारी माझी, ग्रामथान-५ की ४० वर्षीया किचनीवती चौधरी, रंगेली-२ की सुनवर्ती चौधरी, २७ वर्षीया जितनी चौधरी, उनका छोरा ३ वर्षीय रायन चौधरी, ग्रामथान -५ की ४३ वर्षीया पूर्णसरी चौधरी, ५० वर्षीय टीकाराम माझी, विराटनगर महानगरपालिका -४ की ३५ वर्षीया सुशीला चौधरी,

    ५५ वर्षीय टेकनारायन माझी, ग्रामथान-५ की २६ वर्षीया अनिता माझी, ६५ वर्षीया दुखिया चौधरी, मधुराम माझी, ५० वर्षीय गुलाबचन माझी, ३५ वर्षीया रीता चौधरी, २५ वर्षीया सुनीता भगत, रीताकुमारी माझी, उनका छोरा ५ वर्षीय रितेष माझी र ग्रामथान-६ का ४३ वर्षीय सत्तुलाल माझी घाइते भएका मोरङ प्रहरीले जनाएको छ।

    घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरुको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरु सवार ट्याक्टर दुर्घटनामा परेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार