Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ट्यांकरमा लुकाएर ल्याएको १९८ किलो गाँजासहित तीन जना पक्राउ

    ट्यांकरमा लुकाएर ल्याएको १९८ किलो गाँजासहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 3.7K
    SHARES

    हेटौंडा । मकवानपुर प्रहरीले ट्यांकरको तेल राख्ने चेम्बरमा लुकाई छिपाई ल्याएको १२८ किलो लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडा उप–महानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट गाँजा बोकेको ट्यांरसहित चालकलाई पक्राउ गरेको हो ।



    प्रहरी टोलीले हेटौडाबाट बिरगञ्जतर्फ जाँदै गरेको ना६ख ६९७४ नम्बरको को तेल बोक्ने ट्यांकरलाई चेकजाँच गर्दा तेल राख्ने चेम्बरमा लुकाई छिपाई ल्याएको १२८ किलो फेलापारेको हो ।



    प्रहरीले बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका–२३ बस्ने बर्ष २७ को एमामुल हक देवान र सँगै रहेको सिमाराकै बर्ष २४ को मोहरवान अंसारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

    आज विहान पनि ईलाका प्रहरी कार्यालय मनहरीबाट इन्सपेक्टर श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले पनि ७० किलो गाँजा सहित १ जनालाई पक्राउ गरेको थियो ।

    आज विहानको झण्डै १ बजेको समयमा मनहरी गाउँपालिका–६ स्थित लोथर खोलाको गोरेटो बाटोमा शिव तामाङको साथमा रहेको प्लास्टिकको बोरामा चेक गर्दा ७० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ चितवन बस्ने बर्ष ३५का शिव तामाङ रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका तीनै जानमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार