काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दामा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् ।
कतार एयरवेजको उडान नम्बर क्यूआर–६५३ बाट मन्त्री मोदी नेतृत्वको टोली दोहाहुँदै अमेरिका पुग्नेछ । यो सत्र बैशाख ०४ गतेबाट सुरु हुँदैछ । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ । सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य,ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा बृहत्तर छलफल हुनेछ ।
Leave a Reply