काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै थ्री स्टारले चौंथो जित निकालेको हो ।
थ्रीस्टारको जितमा अजयी मार्टिन्सले ६५ औं मिनेटमा निर्णायक गोल गरे ।
८ खेलबाट ४ जित २ बराबरी र २ हारको नतिजाबाट थ्रीस्टारले १४ अंक जोडेको छ ।
पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ।
Leave a Reply