Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गोविन्दराज जोशीले तनहुँ १ मा स्वर्णिम वाग्लेलाई समर्थन गर्ने

    गोविन्दराज जोशीले तनहुँ १ मा स्वर्णिम वाग्लेलाई समर्थन गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा  नेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएका छन् ।

    तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा नेता जोशीले वाग्लेलाई समर्थन गर्ने भएका हुन् । आज गोविन्दराज जोशी र उनका छोरा दीपकराजले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतसँग भेटेर कुराकानी गरेका थिए ।



    कांग्रेससँग सहमति हुन नसकेपछि रास्वपासँग आज भएको वार्तामा जोशीले सो प्रतिबद्धता जनाएका हुन् । आज भएको वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए ।



    जोशीको तर्फबाट उनीसहित छोरा दीपकराज जोशी थिए । उक्त वार्तामा सहभागी एक नेताले स्वर्णिमलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता जोशीको तर्फबाट आएको रास्वपा स्रोतले जनाएको छ ।

    जोशीलेलाई पार्टीले २०७५ मा अनुशासनको कारबाही गरे पनि गत चैत १९ गते कारबाही फुकुवा गरेको थियो। २०७४ मा तनहुँ १ मा कांग्रेसका तत्कालीन उम्मेदवार रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको जोशीमाथि आरोप थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार