Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • ‘अयोग्य’ लडाकुलाई दिइने आर्थिक सहयोग रोक्न सभामुखको ध्यानाकर्षण

    ‘अयोग्य’ लडाकुलाई दिइने आर्थिक सहयोग रोक्न सभामुखको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 681
    SHARES

    काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउने लगायत विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।

    बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा सभामुखसँग भएको भेटमा समाजको प्रतिनिधिमण्डलले ध्यानकर्षण गराएको हो ।



    भेटमा शान्ति समाजका तर्फबाट सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाइएको थियो ।



    ज्ञापनपत्रमा संसद्मा प्रस्तुत संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित हुने गरी पारित गर्नुपर्नेमा जोड दिनुपर्ने जोड दिईएको छ ।

    यस्तै, अनमिनद्वारा अयोग्य घोषित चार हजार आठ माओवादी लडाकुलाई जनही दुई लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय तत्काल खारेज गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार