काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि तोलाको एक हजार रुपैयाँले बढेको सुनको मूल्य स्थिर रहेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १० हजार २५० सय रूपैयाँ नै कायम छ ।
यता बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेर बुधबारकै मूल्यमा अर्थात एक हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Leave a Reply