Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • खोकनावासी र प्रहरीबीच झडप: ४ प्रहरी घाइते, एकको अवस्था गम्भीर

    खोकनावासी र प्रहरीबीच झडप: ४ प्रहरी घाइते, एकको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । तराइ मधेश द्रुतमार्गको जेरो किलोमिटर खोकना खुडोल खण्डमा खोकनाबासी र प्रहरीबीच झडप भएको छ।

    उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि विहानैबाट तनाव थियो । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोकेका थिए भने अरुले खानजोत गरेका थिए । ट्याक्टर समेत लगाएका छन्।



    थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् । भिडलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ।



    झडपमा परी ४ जना प्रहरी भाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ । झडपमा प्रहरीले १५ सय राउन्ड अश्रुग्यास प्रहार गरको छ ।

    बिहानैदेखि स्थानीयवासी बाजा गाजासहित बाक्लो संख्यामा विरोध प्रदर्शनमा उत्रीएका थिए ।

    तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ । तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

    विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् । सरकारविरुद्ध प्रदर्शन जनाउँदै स्थानीयले खेतमा धान रोप्नुको साथसाथै बाझो खेतमा समेत रोपाइ सुरु गरेपछि त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार