एजेन्सी । रूसको संसदको माथिल्लो सदनले युक्रेनमा मस्कोको आक्रमणका बीच पुरुषहरूलाई देश छोड्न प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ ।
‘डिजिटल ड्राफ्ट प्रणाली’ बनाउने विवादास्पद विधेयकलाई बुधबार अनुमोदन गरिएको हो । संसदको तल्लो सदन, स्टेट डुमाले मङ्गलबार दोस्रो र तेस्रो पटक विधेयक पारित गरेपछि सिनेटरहरूले विधेयकको समर्थन गरेका हुन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनले यस विधेयकमा हस्ताक्षर गरेपछि यो कानुनमा परिणत हुनेछ ।
क्रेमलिनका आलोचकहरूले यो विधेयकले युक्रेनमा युद्ध गर्न पुरुषहरूलाई परिचालन गर्न र युक्रेनमा रूसको आक्रमण दोस्रो वर्ष लम्बिँदै जाँदा देशबाट देशबाट पलायन हुन खोज्नेलाई कडा कारबाही गर्न ठूलो सहयोग पुग्ने बताएका छन् ।
Leave a Reply