Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • हिमपहिरोमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी

    हिमपहिरोमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 708
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीनजनाको खोजतलास तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ ।

    विभागका अनुसार चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु¥याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा आज बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका हुन् ।



    बेपत्ता भएका तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका खुम्बु पासाल्हामु गाउँपालिका–५ निवासी हुन् । सिम्रिक एयरको हेलिकप्टर र स्थलगत मार्गबाट तीव्ररूपमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी रहेको विभागले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।



    उक्त कार्यमा स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघ, इमाजिन एक्सिपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक संघ नेपालसँगको सहकार्य रहेको विभागले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार