Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • सामान्य प्रशासन मन्त्रीको गुनासो- ५३ हजार कर्मचारी भएपनि सिंहदरबार वरपर मात्र बस्न खोजे

    सामान्य प्रशासन मन्त्रीको गुनासो- ५३ हजार कर्मचारी भएपनि सिंहदरबार वरपर मात्र बस्न खोजे

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 774
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिंहदरबार वरपर मात्र बस्न खोज्ने कर्मचारी बढेको गुनासो गरेका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कर्मचारी दुर्गममा जान नचाहेर सुगममा मात्र बस्न चाहने विकृति रहेको बताएका हुन् ।



    उनले भने, ‘५३ हजार कर्मचारी संघमा छन् । दुर्गम ठाउँमा कोही जान चाहँदैन । सबै उपत्यका र काठमाडौं वरिपरि र सुगम मात्र जान चाहन्छ । यस्तो विकृति छ ।’



    पठाएका कर्मचारीहरुले पनि हाजिरै गर्न नगएको उदाहरण पनि रहेको उल्लेख गर्दै उनले यस्ता समस्यालाई समाधान गर्न आफू कटिबद्ध भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार