काठमाडौं । सरकारले काठमाडौंबाट नजिक पर्ने जुगल हिमाल आगामी पाँच वर्षसम्म निःशुल्क आरोहण गर्न दिने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित ६ हजार एक सय ५१ मिटर अग्लो हिमालको पहिलोपटक २०७५ को चैतमा सफल आरोहण भएको थियो ।
त्यसपछि जुगल हिमशृङ्खलाको ग्याल्जेन चुचुरोमा २०७५ चैत अन्तिम साता पहिलो पटक सफल आरोहण भएको थियो।
Leave a Reply