काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र पूर्वराजालाई दोष दिएर सरकारले उम्कन नमिल्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले भने, ‘संघमा कांग्रेसको सरकार, प्रदेशमा कांग्रेसको सरकार, ठाउँ ठाउँमा गठबन्धन सरकार छ । अब कसैलाई दोष दिएर पाइँदैन । अब भूतप्रेतलाई भनेर पनि पाइन्न । भूतपूर्वराजालाई भनेर पनि पाइन्न । अब नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाइन्न । गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ ।’
महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको बताए ।
महामन्त्री थापाले ५ वर्षपछि कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए ।
Leave a Reply